PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इनास फिल्म अवार्ड कार्यक्रम सम्पन्न, कुन विधामा कस्ले के पायो? हेर्नुस सूची



पहिलोपोस्ट

इनास फिल्म अवार्ड कार्यक्रम सम्पन्न, कुन विधामा कस्ले के पायो? हेर्नुस सूची

काठमाडाैं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्दै आएको 'इनास फिल्म अवार्ड'मा फिल्म ‘जात्रा’ले उत्कृष्ट फिल्म अवार्ड जित्यो।

यसै फिल्मका लागि अर्को शीर्ष उपाधी हात पार्दै विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। शुक्रबार सम्पन्न अवार्ड कार्यक्रममा उत्कृष्ट निर्देशक वीर बिक्रम लागि मिलन चाम्सले पाए भने उत्कृष्ट अभिनेत्री डाइङ क्यान्डलको तर्फबाट श्रृजना सुब्बाले पाइन्।

फिल्म क्षेत्रका लागि २० विधामा अवार्ड हस्तान्तरण।

‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ तीन जना पत्रकारलाई प्रदान गरियो। पुरस्कार जीवन पराजुली, ‘विजय सुवेदी ‘आवाज’ र रेडियोकर्मी लोकराज अधिकारीलाई प्रदान गरियो।

इनास फिल्म अवार्डको पुरकृतका सूची

१. उत्कृष्ट फिल्म : जात्रा

२. उत्कृष्ट निर्देशक : मिलन चाम्स (विर विक्रम)

३. उत्कृष्ट अभिनेता : विपिन कार्की (जात्रा)

४. उत्कृष्ट अभिनेत्री : श्रृजना सुब्बा (डाइङ क्यान्डल)

५. उत्कृष्ट सह–अभिनेता : माओत्से गुरुङ (पुरानो डुङ्गा)

६. उत्कृष्ट सह–अभिनेत्री : बर्षा राउत (छक्का पञ्जा)

७. उत्कृष्ट नव–अभिनेता : सुरज खड्का (लभ लभ लभ)

८. उत्कृष्ट नव–अभिनेत्री : दिया पुन (वीर विक्रम)

९. उत्कृष्ट नव–निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा)

१०. उत्कृष्ट खलपात्र : सौगात मल्ल (लूट २)

११. उत्कृष्ट हाँस्यकलाकार : केदार घिमिरे (छक्का पञ्जा)

१२. उत्कृष्ट पटकथा : दीपेन्द्र लामा (घामपानी)

१३. उत्कृष्ट पाश्र्व गायक : ताराप्रकाश लिम्बु (वीर विक्रम)

१४. उत्कृष्ट पाश्र्व गायिका : अन्जु पन्त (छक्का पञ्जा)

१५. उत्कृष्ट संगीतकार : राजनराज सिवाकोटी (छक्का पञ्जा)

१६. उत्कृष्ट शब्द : दयाराम पाण्डे (पलाँस)

१७. उत्कृष्ट छायांकन : रविन आचार्य र दिवांकर सिग्देल (डाइङ क्यान्डल)

१८. उत्कृष्ट सम्पादन : मित्र गुरुङ ( जात्रा)

१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पञ्जा)

२०. उत्कृष्ट द्वन्द्वनिर्देशक : राजकुमार उप्रेती (लुट २)

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell