PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जिल्ला अस्पताल गुल्मीमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया



पहिलोपोस्ट

जिल्ला अस्पताल गुल्मीमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया

रुपन्देही :  एपेन्डिसाइटसको उपचारका गुल्मीका बासिन्दाले अब पाल्पा र बुटवल जानु नपर्ने भएको छ।

जिल्ला अस्पताल गुल्मीले यसको शल्यक्रिया सुरु गरेपछि उनीहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हो।

जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटको सफल शल्यक्रिया गरिएको छ। पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको सफल शल्यक्रिया गरिएको थियो।  

जिल्ला अस्पतालमा सरुवा भएर आएका डा. उत्तम पच्याले एपेन्डिसाइटको सफल शल्यक्रिया गरेका हुन्। उनी ताप्लेजुङबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पतालमा आएका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell