PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१३ जनाको दरबन्दी रहेको उदयपुर जिल्ला अस्पताल चिकित्सकविहीन, विरामी मर्कामा



पहिलोपोस्ट

१३ जनाको दरबन्दी रहेको उदयपुर जिल्ला अस्पताल चिकित्सकविहीन, विरामी मर्कामा
फाइल फोटो

उदयपुर : दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका चिकित्सक अन्यत्र सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर चिकित्सकविहीन बन्न पुगेको छ। 

अस्पतालमा चिकित्सक नभएपछि अधिकांश बिरामी अन्यत्र जान बाध्य भएका छन्। अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बनेका अस्पतालका कर्मचारी बताउँछन्। 

यस्तै दशैँ आउन एक हप्ता अघि नै बिदामा हिँडेका डा फणीन्द्र बडालसमेत सरुवा मिलाएर जिल्ला अस्पताल धनकुटा नै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसहित अन्य बिरामीको उपचारमा समस्या आएको अस्पतालका कर्मचारीले बताएका छन्।

जिल्ला अस्पताल उदयपुरमा अहिले प्रसूतिसहित अन्य बिरामी गरेर दैनिक १५० को हाराहारीमा उपचारका लागि आउने गरेको भएपनि विशेषज्ञ चिकित्सक नभएपछि अधिकांश बिरामी हजारौं खर्च गरेर एम्बुलेन्सबाट विराटनगर तथा सुनसरीको धरान जान बाध्य हुनु परेको त्रियुगा नगरपालिका–३ मोतिगडाका राजेश चौधरी बताउँछन्। 

दशैँ अघि हिँडेका चिकित्सक सरुवा लिएर अन्यत्र गएपनि सम्बन्धित निकायले अन्य चिकित्सकको व्यवस्थामा उचित ध्यान नदिँदा अहिले झण्डै तीन हप्तादेखि बिरामीले हैरान खेप्नु परेको बिरामीका आफन्तको गुनासो छ। 

यस विषयमा अस्पतालका प्रशासन फाँटका प्रमुखसहित अन्यसमेत बिदामा अन्यत्र गएपछि अहिले जिल्ला अस्पताल अहेव र नर्सको भरमा सञ्चालन हुन बाध्य भएको अस्पतालका कर्मचारी नै बताउँछन्। 

१३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल उदयपुरमा विगतदेखि नै तीन चारजना चिकित्सकले अस्पताल सञ्चालन गर्दै आएका थिए।

भएका चिकित्सक पनि धमाधम सरुवा लिएर अन्यत्र हिँडेपछि अहिले  जिल्ला अस्पताल चिकित्सकविहीन बन्न पुगेको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell