PahiloPost

Dec 18, 2017 | ३ पुष २०७४

गौचनको थकाली परम्परा अनुसार गरियो अन्त्येष्टि


पहिलोपोस्ट /पहिलोपोस्ट

गौचनको थकाली परम्परा अनुसार गरियो अन्त्येष्टि
काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट मारिएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएका गौचनका काका ओमकारले जानकारी दिए। 

गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र परिवारले उनको शव बुझ्न नमानेकामा गृहमन्त्री जनार्दन शर्माले शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गरेका थिए।
 
गौचनको शव बिहान १० देखि दिउसो १ बजेसम्म महासंघको कार्यालय अनामनगर र २ बजेदेखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलिका लागि राखिएको थियो।

उनको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए। यस्तै गृहमन्त्री शर्मा, वन तथा भूसंरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, काँग्रेस नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललगायतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

महासंघदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो। त्यस्तै थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५०० मोटरसाइकलको यात्रा निकालिएको थियो।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal