PahiloPost

Dec 18, 2017 | ३ पुष २०७४

निर्वाचन आयोगले भन्यो–नेताहरुको सुरक्षामा विशेष ध्यान दिनु


पहिलोपोस्ट /पहिलोपोस्ट

निर्वाचन आयोगले भन्यो–नेताहरुको सुरक्षामा विशेष ध्यान दिनु
काठमाडौं :  निर्वाचन आयोगले राष्ट्रिस्तरका नेताहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई निर्देशन दिएको छ।

उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको सुरक्षा, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रियस्तरका नेताहरुको सुरक्षाजस्ता विषयमा पर्याप्त ध्यान दिन निर्देशन दिए।

उनले सुरक्षामा समन्वयको महत्वपूर्ण भूमिका हुने भएको हुँदा सुरक्षा निकायका सञ्चार संयन्त्रलगायत अन्य साधनसमेत चालू अवस्थामा राखेर उच्चस्तरको समन्वय कायम गर्न निर्देशन दिए।

बैठकमा गृहसचिव लोकदर्शन रेग्मीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सञ्चालन गन तयार गरिएको सुरक्षा योजना प्रस्तुत गरेका थिए। 

उनले निर्वाचन सुरक्षामा नेपाली सेनालगायत चारवटै सुरक्षा निकाय परिचालित हुने तथा पर्याप्त सुरक्षाकर्मी उपलब्ध गराउने उद्देश्यले म्यादी प्रहरी नियुक्ति गर्न लागिएको जानकारी दिए। 

उनले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिने किसिमले सुरक्षा प्रबन्ध मिलाउने र सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम गर्ने गरी सुरक्षा योजना तयार पारिएको जानकारी दिए।

नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतले नेपाली सेनाले नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिबाट भएका निर्णयअनुसार निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न र नेपाली सेना मातहत रहेका साधनहरु प्रयोग गर्न तयार रहेको बताउँदै मतदानको तीस दिन अगाडिदेखि सुरक्षा बेस स्थापना गरी काममा खटिने जानकारी दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal