PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिल्म निर्मातालाई यौन शोषणको आरोप, बोले एन्जेलिना जोली, ओबामा र क्लिन्टन पनि



पहिलोपोस्ट

फिल्म निर्मातालाई यौन शोषणको आरोप, बोले एन्जेलिना जोली, ओबामा र क्लिन्टन पनि

हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि यौन उत्पीडनको आरोप लगाउनेको सूचीमा पनि थुप्रै हलिउड कलाकार, फेशन डिजाइनरदेखि अन्य थपिँदै छन्। यस्तैमा हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि यौन उत्पीडनको आरोप लगाएका छन्। दुवैले अभिनयमा पाइला टेकेको सुरुवाती दिनहरुमा हार्वेबाट यौन उत्पीडनको शिकार हुनु परेको बताएका हुन्।

हार्वेको हकमा यौन शोषणको आरोप नयाँ भने होइन। गत साता अघि 'द न्यू योर्कर' म्यागजिनमा उनीमाथि लागेको आरोप बारे लेख प्रकाशित भएपछि हार्वेले ती खबर झुटो भएको दाबी गरेका थिए। सँगै यो घटनाले बहसको उठान गर्‍यो। उनले आफूमाथि गलत आरोप लागेको बताए पनि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेलले पनि ती महिलाहरुको पक्षमा बयान दिए।
 
ओबामाले भनेका थिए, 'हार्वे विनस्टनबारे सार्वजनिक खबरले मलाई झट्का लागेको छ। उनले महिलाहरुको अपमान गरे।' 

बिहीवार विनस्टनको कम्पनीले यीनै आरोपहरुका कारण उनलाई पदमुक्त बनाइदिएको छ। आरोपहरुका कारण उनलाई कामबाट मात्र निकालिएन उनी पत्नी डिजाइनर जियार्जिना सैम्पमैनले हार्वेलाई छोडिदिएको खबर टेलिग्राफमा प्रकाशित छ।
 
गत साता 'न्यूयोर्क टाइम्स'मा प्रकाशित लेखमा एन्जेलिना जोलीले भनेकी छिन्,'विनस्टनले मलाई करियरको सुरुवाती दिनमा निकै नराम्रो महसुस गराए। जसका कारण मैले उनीसँग काम नगर्ने निर्णय गरेंँ।' 

पाल्त्रोवले दिएको बयान अनुसार उनलाई विनस्टीनले फिल्म 'एम्मा'को मुख्य कलाकारको रुपमा चयन गरेका थिए। उक्त खबर दिएपछि होटलमा बोलाए र शारीरिक रुपमा नजिक हुन खोजे। पाल्त्रोवले भनिन्,'म त्यस समय बच्चा नै थिएँ। म फिल्ममा छानिएको थिएँ। तर म अन्यौलमा परेंँ।'
 
न्यूयोर्करको रिपोर्ट अनुसार हालसम्म उनले काम गर्दै आएको कम्पनीका १६ कर्मचारीले पनि उनले यौन दुर्व्यवहार गरेको आरोप लगाइसकेका छन्।

१९९६ की अस्कर विजेता अभिनेत्री मीरा सार्विनोले पनि आफूमाथि यौन दवाव दिएको आरोप लगाएकी छिन्। 

घटना बारे हिलारी क्लिन्टनले भनिन्, 'हैरानी र दु:ख दिने खबर हो यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell