PahiloPost

Oct 22, 2017 | ५ कात्तिक २०७४


'मेरो गीतले पुस्तकको काम गरोस्'- राजनराज सिवाकोटी


पहिलोपोस्ट /पहिलोपोस्ट

'मेरो गीतले पुस्तकको काम गरोस्'- राजनराज सिवाकोटी
काठमाडौं: नेपाली फिल्महरुमा लोक तथा मौलिक भाकाका गीतहरु दिएर चर्चामा आएका गायक तथा संगीतकार हुन् राजनराज सिवाकोटी। उनको गीतहरु सुर्के थैली खै, पूर्वपश्चिम रेल, कुटुमा कुटु सुपारी दाना, चिरबिर चिरबिर चाचरी लयागत गीत निकै चर्चामा रहे।

युट्युबमा करोड हिट्स कमाइ सकेका यी गीतहरुले स्रोताको मन जित्यो। तर गायक सिवाकोटी भन्छन्,'मेरो गीतहरु मनोरञ्जनको लागि मात्र नहोस्। यसले किताबको काम गरोस् भन्ने चाहन्छु।' उनको गीतहरुबाट युवा पुस्ताले मौलिक शब्दहरु सिक्न सक्नो सिवाकोटीको दाबी छ।

सुर्के थैली, चेप्टो पेरुङ्गो, झुलु चप्लक, छेपी लगायत कयौं कम प्रयोग हुने मौलिक शब्दहरु आजको युवाले पनि सिक्न पर्ने र त्यसका लागि मौलिक गीत बलियो माध्यम हुन सक्ने बताए। फिल्म 'पिंजडा ब्याक अगेन'को लागि राजनराज सिवाकोटीको संगीत, स्वर तथा शब्दमा 'कु कु' बोलको गीत सार्वजनिक भएको छ।

विहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी पहिलो गीत युट्युबमार्फत रिलिज गरिएको हो। अञ्जु पन्तले सिवाकोटीलाई आवाजमा साथ दिएकी छिन्। अभिनेता निखिल उप्रेतीले गीतमार्फत पहिलोपटक भिडियोमा नाच्ने रिस्क लिएका छन्। उप्रेतीसँगै सारा सिर्पालीको फिचरिङ रहेको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन्।

हिमाल केसी निर्देशित फिल्मको रिलिज टार्गेट आउँदो माघ ४ गते हो। श्रीराम बरालको प्रस्तुती रहेको फिल्ममा मौनता श्रेष्ठको कथा रहेको छ। निखिल उप्रेती र सारा सिर्पालीसँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुसाग्र भट्टराई, बीना थापा लगायतको अभिनय रहेको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal