PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई


पहिलोपोस्ट /पहिलोपोस्ट

एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को क्वालिफायर खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आज राती इरान प्रस्थान गर्दैछ। नेपाली फुटसल टोलीलाई बिहिबार अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले बिदाई गरे।

इरान जाने नेपाली फुटसल टोलीमा १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५ अफिसियल रहेका छन्।

यस्तै राष्ट्रिय फुटसल टोली अफिसियल किट्सका लगि एन्फाले जर्सी पसल नेपालसँग सम्झौता गरेको छ।

नेपालले प्रतिस्पर्धा गर्ने साउथ एण्ड सेन्ट्रल जोनका खेलहरु इरानमा अक्टोबर १५ देखि १७ सम्म सञ्चालन हुँदैछ। नेपाल रहेको समूह ए मा उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमिनेस्तान रहेका छन्।

नेपालले फुटसलको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। त्यसकै लागि एन्फाले पहिलो पटक राष्ट्रिय लिग गर्दै राष्ट्रिय टोली छनोट गरेको थियो।

सुरज राउतको कप्तानीमा रहेको नेपाली टोलीमा १४ खेलाडी छन्। यस्तै पूर्वराष्ट्रिय फुटबल टोलीका कप्तान राकेश श्रेष्ठ मुख्य प्रशिक्षकका रुपमा रहेका छन्।

एन्फा अध्यक्ष श्रेष्ठले फुटसल टोलीलाई बिदाई गर्दै एन्फाको इतिहासमा यो नयाँ अध्याय रहेको बताए। फुटसल काठमाडौंमा लोकप्रिय स भइसकेको थियो तर एन्फाले यसलाई आफ्नो छाताऐत्र ल्याउन सकेको थिएन। पछि हामीले कार्यकारी समितिको बैठकबाट फुटसललाई पनि समेट्नेगरी अगाडी बढाएका हौँ।

श्रेष्ठले पहिलो पटक भएका कारण यस पटक केही कमजोरीहरु रहेपनि अब हरेक वर्ष फुटसल लिग गर्ने, अन्तर्राष्ट्रिय म्याचहरु खेल्ने र फुटसललाई पनि शसक्त बनाउँदै लैजाने बताए।

 

जर्सी पसल नेपालसँग किट प्रायोजन सम्झौता

बिहबारै एन्फाले जर्सी पसल नेपालसँग राष्ट्रि फुटसल टोलीको किट प्रायोजन गर्ने सम्भझौतासमेत गरेको छ। सम्झौता पत्रमा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र जर्सी पसलका सिईओ कृष्णप्रसाद गुप्ताले हस्ताक्षर गरे।

सम्झौतापछि जर्सी पसल नेपाल राष्ट्रिय फुटसल टोलीको अफिसियल किट स्पोनसर हुनेछ। यो सम्झौता ३ वर्षको लागि हुनेछ। जर्सी पसलले नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रत्यक वर्ष १० लाख बराबरको टिकट उपलब्ध गराउनेछ। जसमा खेलाडीका लागि चाहिने आवश्यक म्याच किट्स र ट्रेनिङ किट्स समेत छ।

यस्तै नेपाली फुटसल टोलीले लगाउने होम एण्ड अवे जर्सी समेत सार्वजनिक गरिएको छ। नेपालको होम जर्सी रातो र सेतो रङको रहेकव छ भने अवे जर्सी निलो कलरको रहेको छ।

 

इरान जाने नेपाली टोली

गोलरक्षक : अनिस श्रेष्ठ, सुमित कुमार आले

डिफेण्डर : सौरभ रख्याल मगर, राज शाही, अमित तामाङ

मिडफिल्डर : नवीन लामा (उपकप्तान), अरुज सिंह, विनोद गुरुङ, मणि कुमार लामा, अभय राना

फरवार्ड : सुरज राउत (कप्तान), सुशन श्रेष्ठ, सन्जोग महर्जन, निर्मल गुरुङ

म्यानेजर : विष्णु गुरुङ

मुख्य प्रशिक्षक : राकेश श्रेष्ठ

सहायक प्रशिक्षक : राजेश शाही

फिजियो : लक्ष्मण अधिकारी

अफिसियल : रमेश रायमाझी, प्रशु श्रेष्ठ, मोतिलाल श्रेष्ठ, राज महर्जन, हरी शंकर महर्जन



एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट