PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिकलसेल एनिमियाका कारण दाङमा तीन जनाको मृत्यु



पहिलोपोस्ट

सिकलसेल एनिमियाका कारण दाङमा तीन जनाको मृत्यु

दाङ : दाङमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु भएको छ। नियमित उपचार गराइरहेका तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन्। 

बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि औषधि सेवन गरिरहेको अवस्थामा मृत्यु भएको खबर परिवारले अस्पताल पुर्याएका हुन्।

नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिए।

केन्द्रबाट १५ जनाले साप्ताहिक रुपमा रगत लिइरहेका मध्ये  तीन जनाको मृत्यु भइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेका जानकारी न्यौपानेले दिए। 

मुत्यु हुनेमा दुई पुरुष र एक महिला छन्। राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालमा ९८ जनाले उपचार गराइरहेका जानकारी दिए।

उनले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर आएको बताए। सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell