PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

रसियामा हुने विश्वकपमा छैनन् अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका च्याम्पियन


पहिलोपोस्ट /पहिलोपोस्ट

रसियामा हुने विश्वकपमा छैनन् अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका च्याम्पियन

अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलको २१ औँ संस्करणका लागि छनोट चरणका खेलहरु भइरहेको छ। अहिलेसम्म आयोजक रसियासहित २३ राष्ट्र छनोट भइसकेका छन्। अब ९ राष्ट्र छनोट हुन बाँकी छन्। विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम खेलपछि मात्र छनोट हुन सफल भए।

अहिलेसम्म आइसल्याण्डले र पानामा विश्वकपमा पहिलो पटक छनोट भएर इतिहास रचेका छन्।

तर केही यस्ता राष्ट्रहरु छन् जो आफ्नो महादेशको च्याम्पियन भएर पनि विश्वकपमा छनोट हुन सकेनन्। त्यसमा अफ्रिकन च्याम्पियन क्यामरुन, दक्षिण अमेरिकी च्याम्पियन चिली र उत्तर अमेरिकी च्याम्पियन अमेरिका छन्।

क्यामरुन यसअघि नै अफ्रिकन छनोटबाट बाहिरिसकेको थियो भने चिली र अमेरिका अन्तिम छनोट खेलपछि आउट भएका हुन्।

युरो च्याम्पियन पोर्चुगलमा रसिया विश्वकपमा छनोट भएको एक मात्र महादेशिय च्याम्पियन हो।

एसियन च्याम्पियन अष्ट्रेलियाले अझै महादेशीय प्लेअफ खेल्न बाँकी छ। जसमा उसले उत्तरी अमेरिकी राष्ट्र होण्डुरोससँग दुई लिगको प्लेअफ खेल्नेछ। यस्तै ओसियाना क्षेत्रको च्याम्पियन न्यूजिल्याण्डले पनि प्लेअफ खेल्न बाँकी छ। न्यूजिल्याण्डले दक्षिण अमेरिकी राष्ट्र पेरुसँग दुई लेगको प्लेअफ खेल्नेछ।

अफ्रिकन छनोटअन्तर्गत क्यामरुन रहेको समूह बी बाट नाइजेरिया छनोट भइसकको छ। क्यामरुनले २०१७ मा अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको थियो।

यस्तै पछिल्लो दुई संस्करणमा कोपा अमेरिका उपाधि जितेको चिलीले पनि विश्वकपमा स्थान बनाउन सकेन। अन्तिम खेलमा ब्राजिलसँग ३-० को हार तथा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गरेपछि चिली दक्षिण अमेरिकी छनोटमा छैटौँ स्थानमा रहेको हो। चिली छनोट हुन असफल भएपछि चिलीका स्टार खेलाडीहरु एलेक्स सान्चेज, अर्टुरो भिदाल, कलाउडियो ब्राभो जस्ता खेलाडी अर्को वर्ष रसियामा देखिने छैनन्।

दक्षिण अमेरिकाबाट शीर्ष चार स्थानमा रहने टोली सिधै विश्वकपका लागि छनोट हुनेछ भने पाँचौँ हुने राष्ट्रले प्लेअफ खेल्नेछ। जसमा कोलोम्वियासँग बराबरी खेलेकव पेरुले पाँचौ स्थान हात पार्‍यो।

यसैगरी घरेलु मैदानमा भएको कोनकाकाफ गोल्डकप उपाधि जितेको अमेरिका पनि रसिया विश्वकपमा नदेखिने भएको छ।

अमेरिका अन्तिम खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पराजित भयो। कोस्टारिकालाई हराएको पानामा पहिलव पटक विश्वकपमा छनोट भयो भने मेक्सिकोलाई पराजित गरेको होण्डुरोस प्लेअफका लागि छनोट भएको छ।

यसैगरी सन् २०१० मा स्पेनसंग हारेर उपविजेता बनेको युरोपेली राष्ट्र नेदरल्याण्ड्स पनि रसियामा नदेखिने अर्को ठूलो टिम हो।

युरोपेली छनोटअन्तर्गत समूह ए मा तेस्रो स्थानमा रहेपछि नेदरल्याण्ड्स छनोट हुन सकेन। यस समूहबाट फ्रान्स समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट भयो भने स्वीडेन दोस्रो स्थानमा रहेर प्लेअफका लागि छानियो। स्वीडेनलाई अनज्तिम खेलमा २-० ले हराएपनि डच टोलीलाई विश्वकपको प्लेअफसम्म पुर्‍याउन समेत त्यो पर्याप्त भएन। विश्वकपमा छनोट हुन नसकेपछि डच कप्तान आर्जेन रोबेनले त सन्यास नै घोषणा गरेका छन्।

 

रसिया विश्वकपका लागि छनोट हुन नसकेका केही चर्चित राष्ट्रहरु

क्यामरुन, घाना, चिली, अमेरिका, नेदरल्याण्ड्स, वेल्स, चेक रिपव्लिक, युक्रेन, टर्की, स्कटल्याण्ड

 



रसियामा हुने विश्वकपमा छैनन् अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका च्याम्पियन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट