PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

मेसीका तीन गोल, जसले अर्जेन्टिनालाई विश्वकपमा पुर्‍यायो


मेसीका तीन गोल, जसले अर्जेन्टिनालाई विश्वकपमा पुर्‍यायो
जित्नै पर्ने खेल। अर्जेन्टिनालाई हार्न अनुमति थिएन। बराबरी मात्रले पनि अर्जेन्टिना रसियामा हुने विश्वकपबाट बाहिरिने पक्कापक्की थियो। 

अन्तित खेल खेल्नुअघि अर्जेन्टिना निकै तनावमा थियो। पछिल्लो दुई खेलमा लगातार गोल गर्न सकेको थिएन। इक्वेडरविरुद्ध जित्नै पर्ने दबाब। अझ १६ वर्षयता अर्जेन्टिनाले इक्वेडरलाई उसैको मैदानमा हराउन सकेको थिएन।

खेलको पहिलो मिनेटमै रोमारियो आइबराले गोल गर्दै घरेलु टोली इक्वेडरलाई अग्रता दिलाए। अर्जेन्टिना ०-१ ले पछाडि पर्‍यो। 

त्यतिबेला देखियो मेसीको चमत्कार। त्यसपछि मेसीले लगातार तीन गोल गरे जसले अर्जेन्टिनालाई विश्वकपमा सिधै छनौट गरायो। यी हुन् तीन गोल-

पहिलो गोल


११औँ मिनेटमा मेसीले डि एरियामा लेफ्ड साइडमा रहेका डि मारियालाई बल उपलब्ध गराएका थिए। डि मारियाले उक्त बल क्रस गर्दै मेसीलाई दिए र मेसीले लेफ्ट फुटले गोल गर्दै बराबरी गरे। 

दोस्रो गोल


१८ औँ मिनेटमा पनि मेसीले डि मारियासँग सहकार्य गर्दै गोल गरे। डि मारियाले उपलब्ध गराएको बललाई मेसीले अगाडि बढाउँदै डि एरिया भित्रबाट लेफ्ट फुटेट सट प्रहार गर्दै गोल गरे। 

तेस्रो गोल


तेस्रो गोल मेसीले ६२ औँ मिनेटमा एकल प्रयासमा गरेका थिए। करिब ३५ यार्ड टाढाबाट एक्लै बल अगाडि बढाउँदै डि एरियाको लाइनबाटै मेसीले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। तेस्रो गोल पनि मेसीले लेफ्ट फुटले नै गरेका थिए।


मेसीका तीन गोल, जसले अर्जेन्टिनालाई विश्वकपमा पुर्‍यायो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट