PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्वास्थ्य बीमा विधेयक संसदबाट पारित



पहिलोपोस्ट

स्वास्थ्य बीमा विधेयक संसदबाट पारित

काठमाडौँ :  व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकले  ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताए। 

सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तहसम्म गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवाका लागि सो विधेयक सहयोगी हुने सांसदहरुले बताए। विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ। 

सांसदहरु केशवप्रसाद बडाल, शक्तिबहादुर बस्नेत, राजेन्द्रकुमार पाण्डे, गगनकुमार थापा, डिल्लीप्रसाद काफ्ले, मीना पुन, चूडामणि बिक जंगली, गुरुप्रसाद बुर्लाकोटी, प्रेम सुवाललगायतले छलफलमा भाग लिएका थिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell