PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन



पहिलोपोस्ट

औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन

लहान :  सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार कुशवाहाले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सूर्य मेडिकल हल, जनकल्याण मेडिकल हल, शक्ति मेडिकल हल, एच के मेडिकल हल, कुशवाहा मेडिकल हल, यादव मेडिकल हल र विजय मेडिकल हललाई पत्र काटेर खाली गर्न निर्देशन दिएका हुन्।

स्वास्थ्य मन्त्रालयबाट अस्पताल परिसरभित्र कुनै पनि औषधि पसल राख्न नदिने र सञ्चालनमा रहेका पसल तत्काल बन्द गर्न लगाउनु भन्ने परिपत्र आएकाले अस्पताल विकास समितिको बैठकले सञ्चालन गर्न दिएका औषधि पसलको बाँकी भाडा बुझाई सटर खाली गर्न पत्र काटिएको कुशवाहाले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell