PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस् गौचनको दिनदहाडै गोली हानी हत्या

फोटोमा हेर्नुस् गौचनको दिनदहाडै गोली हानी हत्या


काठमाडौँ : आफ्नै गाडीमा चढेको अवस्थामा नयाँ बानेश्वरको खरिबोटमा दुई अज्ञात व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनलाई गोली हानी हत्या गरेपछि प्रहरीले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। 

मोटरसाइकल, स्कूटर र गाडीको डिकी र ब्यागसमेत प्रहरीले खोतलिरहेका छन्। 

प्रत्यक्षदर्शी लेखनाथ शर्माका अनुसार नयाँ बानेश्वरको खरिबोटमा ड्राइभर बसेको ठाउँमा पहिले ढुंगा र त्यसपछि गौचन बसेको ठाउँमा गोली चलाइएको थियो। 

गाडीको शिशा छेडेर दुई वटा गोली भित्र पसेको देखिन्छ। 

घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो।  निर्माण व्यवसायी महासंघका प्रवक्ता विष्णु बुढाथोकीले अस्पतालले मृत घोषणा गरिसकेको पुष्टि गरे। 

हेर्नुस् समर्थ रन्जित र चन्द्र आलेले खिचेका फोटोहरु-
 


ट्रेन्डिङ पोस्ट

Ncell