PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अद्वैत संस्था नेपाललाई भारती खरेल पुरस्कार



पहिलोपोस्ट

काठमाडौं: भक्तिमती स्व. भारती खरेलको ८०औं स्मृति पुरस्कार अद्वैत संस्थालाई प्रदान गरिने भएको छ। भारती खरेल प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री शैलेन्द्र साकारको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो।

अद्वैत संस्था वि.सं. २०२३ सालमा स्थापना भएको हो। वैदिक सनातन धर्मलाई जागृत गर्दै कर्म, ज्ञान र भक्तिका माध्यमबाट ब्रह्मसाक्षातकार गर्ने उद्देश्यले स्थापित संस्था आधा शताब्धी भन्दा बढी समयदेखि आध्यात्मिक साधनाको क्षेत्रमा निरन्तर रुपमा सकृय रहँदै आएकोले भारती खरेल स्मृती पुरस्कार दिने भएको हो। उपर्युक्त प्रतिष्ठान समाजसेवी श्री चन्द्रिकानन्द खरेल, सुप्रसिद्ध गायक कलाकार श्री दीपक खरेल तथा परिवारबाट स्थापना भएको हो।  

पुरस्कारको राशि रु. ५१ हजार सहित सम्मान पत्र रहेको छ। सो पुरस्कार भक्तिमती स्व. भारती खरेलको  ८०औं जयन्तीका अवसरमा आगामी मंसिर १६ गते आयोजना हुने विशेष समारोहमा अद्वैत संस्थालाई प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell