PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गौचनलाई गोली हानिएको ठाउँका ६ दृश्य

गौचनलाई गोली हानिएको ठाउँका ६ दृश्य


काठमाडौँ : आफ्नै गाडीमा चढेको अवस्थामा नयाँ बानेश्वरको खरिबोटमा दुई अज्ञात व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनलाई गोली हानी हत्या गरेपछि प्रहरीले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। 

मोटरसाइकल, स्कूटर र गाडीको डिकी र ब्यागसमेत प्रहरीले खोतलिरहेका छन्। 

प्रत्यक्षदर्शी लेखनाथ शर्माका अनुसार नयाँ बानेश्वरको खरिबोटमा ड्राइभर बसेको ठाउँमा पहिले ढुंगा र त्यसपछि गौचन बसेको ठाउँमा गोली चलाइएको थियो। 

गाडीको शिशा छेडेर दुई वटा गोली भित्र पसेको देखिन्छ। 

घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो।  निर्माण व्यवसायी महासंघका प्रवक्ता विष्णु बुढाथोकीले अस्पतालले मृत घोषणा गरिसकेको पुष्टि गरे। 

प्रत्यक्षदर्शी शर्माका अनुसार गोली हान्नेहरु मोटरसाइकलमा आएका थिए। मोटरसाइकल रोकेर दुई तीन सय मिटर पैदल हिँडी उनीहरुले आक्रमण गरेका थिए। आक्रमण गर्नेमध्ये एक जनाले गुलाबी रङ्गको टिसर्ट लगाएका थिए।  

सम्बन्धित समाचार
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली
गोली हान्ने बेपत्ता, सर्वसाधारणलाई सास्ती : राजधानीमा प्रहरी चेकिङ कडा
 पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान


ट्रेन्डिङ पोस्ट

Ncell