PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

 चिकित्सकमाथि हातपात भएपछि महाकाली अञ्चल अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प



पहिलोपोस्ट

 चिकित्सकमाथि हातपात भएपछि महाकाली अञ्चल अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प

भीमदत्तनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ।

सुत्केरी गराउने क्रममा शिशुको मृत्युभएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। सुत्केरीका आफन्तले डिउटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड गरेको चिकित्सक संघले जनाएको छ। 

शनिबार राति सुत्केरी गराउने क्रममा  शिशुको मृत्यु भएको थियो। चिकित्सकको लापरबाहीले नभर्इ महिलाको पेटमै शिशुले दिसापिसाव गरेकाले महिलाले जन्माउन नसकेकोमा आफन्तले अस्पताल तोडफोड गरेका संघले जनाएको छ। 

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बच्चा नाजुक अवस्थामा रहेकाले भ्याकुम प्रयोग गरेर निकाल्नु परेको थियो। त्यसमा चिकित्सकको लापरबाही भन्दा पनि बच्चाको अवस्था नाजुक थियो। सुत्केरीले दबाब दिएर बच्चा बाहिर निकाल्न सकेकी थिइनन्। ’

यस्तो अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गरेका कारण अस्पतालमा कार्यरत सबै आन्दोलनमा उत्रिएका विज्ञप्तीमा उल्लेख गरिएको छ। चिकित्सक संघले घटनाको भर्त्सना गर्दै आन्दोलनमा एेक्यवद्धता जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell