PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई वर्षमै ८ गुणाले बढे काठमाडौंमा एचआइभी संक्रमित, यस्तो छ तथ्यांक



सागर बुढाथोकी

दुई वर्षमै ८ गुणाले बढे काठमाडौंमा एचआइभी संक्रमित, यस्तो छ तथ्यांक
फोटो श्रोतः top5ofanything.com

काठमाडौं :  पछिलो समयमा राजधानीमा एचआईभी-एड्स संक्रमितको संख्या बढेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा विगतका वर्षभन्दा यो वर्ष एड्स संक्रमितको संख्या बढेको देखिएको हो।

आर्थिक वर्ष २०७१/७२ मा १४ हजार ८ सय ६३ जनाले एइआइभी परीक्षण गराएकोमा ५३ जनामा मात्र एड्स देखिएको थियो। त्यसैगरी आर्थिक वर्ष ७२/७३ मा १६ हजार  २ सय २२ जनाले परीक्षण गराउँदा ४३१ जनामा यो राेग देखिएको थियो।

आर्थिक वर्ष २०७३/७४ मा भने एचआइभी हुनेहरुको संङ्ख्या बढी छ। १२ हजार ५ सय ७ जनाले परीक्षण गर्दा ४४८ जनामा एड्स देखिएको पुष्कर बिजुक्छे बताउँछन्।

बिजेक्छुका अनुसार यो एचआइभी संक्रमितको संङ्ख्या वास्तविक भने होइन। थोरै मानिसले मात्रै एचआइभी परीक्षण गराएकाले वास्तविक संङ्ख्या निक्लिएको छैन।

उनले भने, ‘यही अनुपातलाई आधार मानेर तुलना गर्ने हो भने काठमाडौंमा मात्र नभई देशभरी धेरै एचआइभी संक्रमित बढेका छन्।’

अहिले काठमाडौं जिल्लामा मात्रै ४ हजार २ सय ६६ जनाले एचआर्इभीको औषधि निःशुल्क सेवन गरिरहेका छन्।विश्व स्वास्थ्य संगठनको तथ्याकंअनुसार विश्वभर ३७ लाख मानिसहरु एड्सबाट पीडित छन्। 

तिमध्ये १९ मिलियन मानिसले एन्टिरेक्ट्रोभाइरल थेरापी गरिरहेका छन्। नेपालमा ५० हजारभन्दा बढी एड्स संक्रमित रहेको अनुमान गरिएको छ।

एड्स कस्तो रोग हो?

एड्स अंग्रेजी शब्द Acquired Immuno deficiency Syndrome AIDS - (एक्वायर्ड इम्युनो डेफिसेन्सी सिन्ड्रोम) को छोटो रुप हो। 

यो एचआइभी Human Deficiency Virus HIV (ह्युमनइम्युनो डिफिसेन्सी भाइरस) को संक्रमणद्वारा मानव शरीर प्रभावित हुने अवस्था हो। अर्थात् एड्स भनेको रोगको एउटा अवस्था हो भने एचआइभी भनेको भाइरस (जिवाणु) हो।

एचआईभी संक्रमण भएपछि बिस्तारै संक्रमितको प्रतिरक्षा प्रणाली कमजोर भएर विभिन्न रोग एवं जीवाणुको संक्रमणसँगै विभिन्न लक्षण देखिएको अवस्थालाई नै एड्स (AIDS)भनिन्छ।

शरीरमा एचआईभी भए पनि एड्सको लक्षण देखिइ नसकेको अवस्थालाई एचआईभी अवस्था भनिन्छ। त्यसैले एचआईभी र एड्स भन्नु फरक कुरा हो।

एचआइभी त्यतिकै सर्दैन्। एचआईभी संक्रमितसँग असुरक्षित यौन सम्पर्कबाट यो रोग सर्छ।

एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा सुई तथा सिरिन्जको साझा प्रयोग र संक्रमित आमाबाट जन्मेको शिशुमासमेत एड्स देखिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell