PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साहित्य चौतारीले राष्ट्रकवि घिमिरेलाई गर्‍यो अभिनन्दन



पहिलोपोस्ट

साहित्य चौतारीले राष्ट्रकवि घिमिरेलाई गर्‍यो अभिनन्दन

काठमाडौँ :  साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ।

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गरेका हुन्। 

घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उनले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिएका थिए। 

राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताए। 

कार्यक्रममा राष्ट्रकविका केही लोकप्रिय गीत र कविता वाचन गरिएको थियो। 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उहाँको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताए। 

झापामा विसं २०५६ मा स्थापित सो संस्थाको राष्ट्रकवि घिमिरेले नै उद्घाटन गरेका थिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell