PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली राजनीतिमा नयाँ तरङ्ग : योगेश भट्टराई



आकाश क्षेत्री

नेपाली राजनीतिमा नयाँ तरङ्ग : योगेश भट्टराई
फोटो : भट्टराईको फेसबुकबाट

नेकपा एमालेका सचिव योगेश भट्टरार्इले असोज १५ गते बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए - 'नेपाली राजनीतिमा ऐतिहासिक क्षण र नयाँ तरङ्ग। थोरै प्रतिक्षा...'। 

प्रतीकात्मक रुपमा उनले गरेको ट्विट यतिखेर सबैसामु छर्लङ्ग भइसकेको छ। नेपाली राननीतिमा परिर्वतनका बाछिटाहरु तप्केका छन्। गठबन्धन टुटेपछि पानी बाराबारको सम्बन्ध रहेका दुर्इ दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य र एकताको बहस अघि बढिसकेको छ। यसै विषयमा भट्टरार्इसँग आकाश क्षेत्रीले गरेको कुराकानीको सम्पादित अंश -    

एमालेले आफू कमजोर हुने शंकाले माओवादीसँग सहकार्य हात अगाडि बढाएको हो? 

कमोजोर र बलियो भन्ने नै होइन। आवश्यकता अनुसार एकताको हात अगाडि बढेको हो। स्थानीय तहको निर्वाचनमा माओवादीले हाम्रो जति सिट जितेको छैन। कांग्रेसभन्दा हामी बलियो छौं। त्यसैले हाम्रो सहकार्य एक राष्ट्रिय आवश्यकता हो। नेपालका सबै वामपन्थी दल एकै ठाउँमा आउनुपर्ने हाम्रो महाधिवेशनको निष्कर्ष पनि हो। त्यसै आधारमा माओवादीसँग हाम्रो सहकार्य भएको हो। 

पछि परिन्छ कि भन्ने कुनै पनि मनोवैज्ञानिक त्रास एमालेसँग थिएन। छैन पनि। यो आजको आवश्यकता नेपाली जनताको चाहना, नेपालका सबै वामपन्थीहरु सँगै गएपछि केही हुन्छ कि भन्ने सोचले आगाडि बढेको हो।  

माओवादीसँग पार्टी नै एकताको कुरा चर्चामा आयो। के प्रकृया अगाडि बढेको हो?

अहिले पार्टी नै एकताको कुरा नै चलेको छैन। हाम्रो लक्ष भनेको पार्टी एकता नै हो। हाम्रो नवौं महाधिवेशनको फैसला पनि नेपालमा रहेका सबै काम्युनिष्ट पार्टीहरुलार्इ एउटै पार्टी बनाउने थियो। नवौं महाधिवेशनको १३ नम्बरको ८औं  बुँदामा सबै वामपन्थीहरुलार्इ एकताबद्ध गराएर नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लगायतका कुरा महाधिवेशनले पारित गरेको छ। यो महाधिवेशनको निर्णय कार्यान्वयनको बाटोमा अगाडि बढेको हो। 

एमाले र माओवादीबीच पानी बाराबारको सम्बन्ध थियो। अहिले एकतासम्मको विषय कसरी सम्भव भयो? 

पानी बाराबार भए पनि बाटो बन्द थिएन। हाम्रो सम्बन्ध जे-जस्तो भए पनि बाटो बन्द भएको थिएन। केही समय ट्राफिक जाम भने थियो। तर, जाम खुल्ने वित्तिकै माओवादी एमालेसँग आयो, एमाले माओवादीसँग गयो। त्यसपछि एकता सम्भव भयो। एकताको आवश्यकता दुवैलार्इ थियो।  

एमाले र माओवादीको एकतामा जनताको चहाना अनुसार छ भन्नुभयो। जनताको चाहना कसरी जोडियो?

 कवि, साहित्यकार, उपन्यासकार, कथाकारले विगतलार्इ सम्झेर आँसु झार्छन्। तर, राजनीति गर्ने मान्छेले विगतबाट शिक्षा लिएर आगामी दिनको बाटो बनाउँछन्। 

हामीले आगामी दिनहरुमा जनताको बाटो सुदृढ गराउँदैछौं। यसमा जनताको चाहाना भनेको हामी एकता भएपछि पार्टी बलियो हुन्छ। त्यसो भएपछि स्थिर सरकार हुन्छ। विदेशी हस्तक्षेप बन्द हुन्छ। राजनीतिक स्वतन्त्रताको रक्षा हुन्छ। राष्ट्रियता बलियो हुन्छ र देशमा चौतर्फी विकास हुन्छ। 

एमाले र माओवादी बीच निर्वाचन पछि फुट आउँदैन भन्ने आधार के छ? 

हामी त्यस्ता कुनै पनि काल्पनिक घटनामा अड्दैनौं र अबको बाटो हामीले बनाउने हो।    

प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेसलार्इ सिध्याउने एमालेले रणनीति बनायो भनेर बुझ्दा हुन्छ?

एमाले र माओवादीको आवश्यकताले नै माओवादी र एमालेको एकता सम्भव भएको हो। कसैले कसैलार्इ सिध्याउने रणनीतिमा एमाले लागेको छैन। सबैको अस्तित्वलार्इ सम्मान गर्दै प्रतिस्पर्धामा होमिने रणनीति एमालेको हो। 
कांग्रेसले एमाले सिध्याउँछु भन्दा कांग्रेसको दुर्गति आफैँ हुन्छ। त्यसैले अर्को पार्टीलार्इ सिध्याउँछु भन्ने त्यस्तो दुष्ट मानसिकता एमालेसँग छैन। 

राष्ट्रिय जनता पार्टीका नेतालार्इ सूर्य चिन्हमा चुनाव लडाउन किन आवश्यक पर्‍यो? 

उहाँहरुले आउँछु भन्नुभयो। हामीले स्वागत गर्‍यौं। हामीले उहाँहरुलार्इ बोलाएका होइनौं। आफै आएर सूर्य चिन्हबाट चुनाव लड्छौं, एमालेसँग सामेल हुन्छौं भन्नुभयो। त्यो भनेपछि एमालेले कसैलार्इ पनि नआउनुस् भन्ने गरेको छैन।

प्रदेश-संघको निर्वाचनमा एमालेको मुख्य रणनीति के हो? 

प्रदेश-संघको निर्वाचनमा सबै राजनीतिक दलहरुलार्इ एकै ठाउँमा राखेर सूर्य चिन्हबाटै चुनाव लड्ने रणनीति नेकपा एमालेको रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell