PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल आइडल बुद्ध लामा जो दोहोरी साँझमा काम गर्थे



पहिलोपोस्ट

नेपाल आइडल बुद्ध लामा जो दोहोरी साँझमा काम गर्थे

काठमाडौं: पहिलो नेपाल आइडल बुद्ध लामाले पुरस्कार स्वरुप २० लाख नगद रुपैंया, १५ लाख बराबरको एल्बम कन्ट्र्याक्ट र महिन्द्रा केयूभी  कार प्राप्त गरे। उनले नेपाल आइडलले जिन्दगी फेरिदिएको बताए। भने,'६ महिनामा मेरो जिन्दगी कायापलट भयो।'

काठमाडौंमा आयोजित एक प्रेस सम्मेनलमा उनले नेपाल आइडल र आफूलाई भोट गर्ने सम्पूर्णलाई धन्यवाद दिए। उनले भावुक हुँदै आफ्ने अवस्था बारे बताएका हुन्। २० वर्षीय बुद्धले नेपाल आइडलमा सहभागिता जनाउनु अघि दोहोरी साँझमा काम गरेको समेत खुलासा गरे।

भने,'घरको आर्थिक अवस्था निकै कमजोर छ। काम गर्नुपर्छ भन्ने भएको थियो। दोहोरी साँझमा गाउँदा ५५ सय तलव दिन्थ्यो। त्यो पनि ठूलो लाग्थ्यो।' बुद्ध घरका कान्छो छोरा हुन्। करातेको ब्लयाक बेल्ट समेत पाइसकेका उनी करियर भने संगीतमै बनाउन चाहेको बताउँछन्।

भने,'दोहोरी साँझमा गायन नै सांगीतिक क्षेत्रमा सक्रिय रहने बाटो जस्तो लागेको थियो। तर अवसर नै नभएर त्यस्तो लागेको रहेछ।' अब आफ्ना लागि अवसर बढेको र अवसर सँगै जिम्मेवारी र चुनौतीलाई पनि ध्यानमा राख्ने बताए।

बुद्ध लामा नेपाल आइडलको पनि कान्छा प्रतियोगी हुन्। पोखराको बुद्ध लामाले आफू संगीतमा धेरै मिहेनत गरेर निकै अगाडी बढ्ने र आफूलाई जिताउने कसैलाई निराश नबनाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell