PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कवि दुर्गालाल श्रेष्ठ साहित्य साधना पुरस्कारबाट सम्मानित



कवि दुर्गालाल श्रेष्ठ साहित्य साधना पुरस्कारबाट सम्मानित

काठमाडौं : यस वर्षको महानन्द सापकोटा साहित्य साधना पुरस्कारबाट कवि दुर्गालाल श्रेष्ठ सम्मानित भएका छन्। आज श्रेष्ठको बूढानिलकण्ठस्थित निवासमा नै पुरस्कार हस्तान्तरण गरिएको थियो।

भाषासेवी महानन्द सापकोटाको नाममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालसले हरेक वर्ष यो पुरस्कार दिँदै आएको छ। पुरस्कारको राशी ५ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ।

'कवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरेर पुरस्कार नै सम्मानित भएको छ,' वरिष्ठ पत्रकार किशोर नेपालले कवि श्रेष्ठलाई सम्मान गर्दै भने। अघिल्लो वर्ष सम्मानित हुने व्यक्तित्वले यस वर्षको सम्मानित हुने व्यक्तित्वलाई सम्मान हस्तान्तरण गर्ने प्रचलन अनुसार नेपालले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरेका थिए।

 'फूलको आँखामा फूलै संसार' देख्ने कवि श्रेष्ठले जुनसुकै भाषामा लेखे पनि त्यो दुर्गालाल श्रेष्ठकै सिर्जना हुने उनले बताए।

कार्यक्रममा कवि विप्लव प्रतीकले महानन्द सापकोटा साहित्य साधना पुरस्कार ओजिलो व्यक्तित्वलाई हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे। 

त्यसैगरी अनेसास ड्यालसका अध्यक्ष भीम कार्कीले महानन्द सापकोटाको योगदानमाथि चर्चा गरेका थिए। 

सम्मानित भएका दुर्गालाल श्रेष्ठले पुरस्कारको मान आफूले राख्न सकूँ भन्ने कामना गर्दै मातृभाषा नेपालभाषामा आफ्ना अधिकांश सिर्जना रहे पनि आफूलाई अन्य भाषीहरुले पनि उत्तिकै माया र सम्मान गर्ने गरेको बताएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell