PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१


ललितपुर  : भगवानको मूर्ति बनाएरै लाखौँ आम्दानी गर्छन, ५६ वर्षे दिलीप बंगालीले।

ललितपुरको जोवागलमा भाडाको जग्गा लिएर अडरअनुसारको मूर्तिहरु बनाउने गर्छन् उनी। कोलकातामा उनले १० वर्ष मूर्ति बनाउने कला सिके। आफूले सिकेकाे कलालार्इ नेपालमा आएर सदूपयोग गर्न थाले। बंगालीले आफूमा भएकाे मूर्ति बनाउन कला शुरु गरेको पनि २० वर्ष पुगेको बताए।

अहिले उनी अर्डर अनुसार महादेव, गणेश, पार्वती, सरस्वती, विश्वकर्मा, दुर्गा, काली, लक्ष्मी आदि देवीदेवताको मूर्ति बनाउँछन्। नेपालीहरुकाे चाड दशैँ लागेसँगै दुर्गाको मूर्ति बनाउन भ्याइनभ्याइ छ उनलार्इ।

दशैँ सकिएलगतै लक्ष्मी, गणेश, सरस्वती र छठी माताको मूर्ति बनाउने उनकाे याेजना भएकाे सुनाए। 'एउटा मूर्तिको न्युनतम ५/६ हजारदेखि डेढ लाखसम्म मूल्य पर्छ,' उनले भने। एउटा मूर्ति तयार हुन लगभग ७/८ दिन लाग्छ। मानिस बनाउने भगवान बनाउदा कस्तो लागिरहेको छ? उनी भन्छन्, 'धेरै आनन्द आइरहेको छ, म धेरै खुसी छु।'



ट्रेन्डिङ पोस्ट

Ncell