PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

इलाम र पाँचथरबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात



पहिलोपोस्ट

इलामः इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निकासी हुने गरेको छ। 

स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिका निकासी गर्दै आएका छन्। 

छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पञ्चमी, फाक्तेपलगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिका निर्यात हुँदै आएको जनाएको छ। 

स्थानीयस्तरमा प्रतिकिलो ७५० देखि ९०० रुपैयाँसम्ममा छुर्पी खरिद गर्ने गरेको बताउँदै वाङ्देलले भने,‘राँके बजार र बिर्तामोडस्थित संकलनस्थलमा जम्मा भएका छुर्पी काठमाडौं पठाउने गरेको र त्यहाँबाट अर्को व्यापारीमार्फत यसलाई अमेरिका पठाउने गरेका छन्।’

यहाँबाट लगिएको छुर्पी ग्रेडिङ र प्याकेजिङ गरेपछि प्रतिकिलो एक हजार ३०० देखि एक हजार ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। राँके बजारमा मासिक ८० लाख मूल्य बराबरका छुर्पी संकलन हुने गरेका छन्। 

उनका अनुसार अमेरिका निर्यात गरिएका छुर्पी त्यहाँका कुकुरलाई खुवाइन्छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell