PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइफोनका लागि हाम्रो पात्रोको नेपाली किबोर्ड



पहिलोपोस्ट

आइफोनका लागि हाम्रो पात्रोको नेपाली किबोर्ड

काठमाडौं : स्मार्ट आइडियाज (हाम्रो पात्रोले) एप्पलका ग्याजेटस प्रयोग गर्नेका लागि लक्षित गर्दै हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको छ। विशेषगरी आइफोन प्रयोगकर्तालाई लक्षित गरेर एप स्टोरमा नेपाली किबोर्ड उपलब्ध गराएको हो। 

सजिलो युजर इन्टरफेसमा उपलब्ध यो एपको सहयोगमा सजिलै नेपाली भाषामा टेक्स्ट लेख्न सकिन्छ। यो एपमार्फत् किबोर्डको स्पेस बटन थिचेर फरक/फरक तरिकाले नेपाली लेख्न सकिन्छ।

यो किबोर्ड एपमा नेपाली र अंग्रेजी दुवै भाषाका अक्षर र अंक उपलब्ध छन् जसले आइफोन प्रयोगकर्तालाई एउटै एपबाट बहुभाषामा संदेश लेख्न सघाउँछ। 

रोमनबाट नेपाली टाइप गर्ने अथवा चलिरहेकै किबोर्डबाट नेपाली चलाउने दुवै अप्सन यसमा खुला छ। एन्ड्रोइड भर्सनमा हाम्रो नेपाली किबोर्ड चलाएका प्रयोगकर्ताले एप्पलका प्रडक्टमा पनि त्यस्तैखाले सेवा पाउने भएका हुन्।

यसमा अगाडि टाइप गरिएका अक्षरसँगै सुझावहरु पनि उपलब्ध हुने भएकाले लामा लामा शब्दहरु टाइप नगरी सोझै दिइएका सुझावमा क्लिक गरेकै भरमा छिटो लेख्न सकिन्छ। 

यदि 'स' लेख्दै हुनुहुन्छ भने किबोर्डले सुझावका रूपमा 'सक्छ', 'सिकाउनु', 'सदा', 'सङ्क्रान्ति', 'साँइलो', 'सास', 'सिँगारी' जस्ता धेरै शब्दहरू देखाउने स्मार्ट आइडियाजले जनाएको छ। 

नेपालीहरुले मौलिक रुपमा प्रयोग गर्ने देवनागरी लिपीलाई यसले प्रवर्द्धन गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell