PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीन विधेयकमाथि ६५ सांसदका ३० वटा संशोधन प्रस्ताव



पहिलोपोस्ट

तीन विधेयकमाथि ६५ सांसदका ३० वटा संशोधन प्रस्ताव

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

व्यवस्थापिका–संसद् विधेयक शाखाले दिएको जानकारीअनुसार सत्तारुढ दलद्वय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा तराई मधेशलगायत केही साना दलका सांसदले प्रस्ताव दर्ता गराएका हुन्। 

असोज ३ गते बसेको व्यवस्थापिका–संसद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले ती तीन विधेयक प्रस्तुत गरेका थिए। विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन असोज ६ गते शुक्रबार बेलुकासम्मको समय निर्धारण गरिएको थियो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा २३ सांसदको १३, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमा १८ सांसदको १० र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयकमाथि २४ सांसदको ७ संशोधन रहेका शाखाले जनाएको छ। 

प्राकृतिक विपद् व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित बनाउन र राहत तथा पुनःस्थापनाको कार्यलाई योजनाबद्धरुपमा अगाडि बढाउन विपद् व्यवस्थासम्बन्धी नयाँ विधेयक गृह मन्त्रालयले ल्याएको थियो। 

यसैगरी नयाँ संविधानअनुसार राष्ट्रिय सभा सदस्य तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नयाँ विधेयक आएको हो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell