PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वीगञ्जमा कांग्रेस र फोरम उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा, मतान्तर २२२ मा झर्‍यो



राधेश्याम पटेल

वीगञ्जमा कांग्रेस र फोरम उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा, मतान्तर २२२ मा झर्‍यो

वीरगञ्ज: प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको जारी मतगणना रोचक बनेको छ। सुरुवातदेखि तीन दिनसम्मको मतगणनामा राजपाका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका थिए। 

तर, शनिबारदेखि सिंह तेस्रो स्थानमा आएका छन्। अहिलेसम्म ३० हजार ७१७ मतगणना भएको छ।

शनिबारदेखि कांग्रेस उम्मेदवार अजय द्धिवेदीले मेयरमा अग्रता लिएका छन्। उनलाई संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले पछ्याइरहेका छन्। 

आइतबार बिहान ९ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार द्धिवेदी र सरावगीबीचको मतान्तर २२२ को मात्र छ। 

द्धिवेदीले ६ हजार ४०३ मत पाएका छन्। सरावगीले ६ हजार १८१ मतसहित पछ्याइरहेका छन्। राजपा उम्मेदवार सिंहले चार हजार ७४१ मत ल्याएका छन्।  

उपमेयरमा कांग्रेस उम्मेदवार शान्ति कार्की फोरमकी उम्मेदवार पिंकी यादवभन्दा एक हजार २६६ मतले अघि छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell