PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धनुषाको नगराइन नगरपालिकामा कांग्रेस विजयी



पहिलोपोस्ट

धनुषाको नगराइन नगरपालिकामा कांग्रेस विजयी

जनकपुर : स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका प्रमुख उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका रामबाबु पंजियारले चार हजार ७१ मत र राधादेवी यादवले चार हजार १८९ मत प्राप्त गरे।

निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली काँग्रेस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell