PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पहिलोपोस्ट संवाददाता पटेलसहित ३९ पत्रकार पुरस्कृत

पहिलोपोस्ट संवाददाता पटेलसहित ३९ पत्रकार पुरस्कृत


काठमाडौं : पहिलोपोस्टका वीरगञ्ज संवाददाता राधेश्याम पटेललाई प्रेस काउन्सिलले सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरेको छ। १० हजार रुपैयाँ राशीको यो पुरस्कारलाई राष्ट्रपतिको हातबाट राष्ट्रपति भवन शितल निवासमा आयोजित प्रेस काउन्सिलको ४८ औं वार्षिकोत्सवको समारोहमा कदरपत्रसहित पुरस्कृत गरिएको हो।

देश र समाज विकासमा पत्रकारितामार्फत् योगदान पुर्‍याएको भन्दै पटेललाई पुरस्कृत गरिएको हो। पटेलसँगै विभिन्न विधामा देशका ३९ जना पत्रकारलाई पुरस्कृत गरिएको हो। पोहोर ३१ जनालाई पुरस्कृत गरिएको थियो।

प्रेस काउन्सिलले १ लाख ५ हजार रुपैयाँ राशीको गोपालदास पत्रकारिता पुरस्कार रुपन्देहीका बालकृष्ण चापागार्इलार्इ प्रदान गरेको छ भने उति नै राशीको सुरेन्द्रबहादुर बस्नेत पुरस्कार काठमाडौंका धर्मेन्द्र झाले पाएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell