PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगञ्ज महानगरमा १८ मध्ये ९ वडाको परिणाम आयो, कसको पोल्टामा कुन वडा?



वीरगञ्ज महानगरमा १८ मध्ये ९ वडाको परिणाम आयो, कसको पोल्टामा कुन वडा?

वीरगञ्ज : प्रदेश २ को चुनावमा एक मात्र महानगर वीरगञ्जका ३२ वडामध्ये १८ वटा मतगणना भइरहेको र ९ वडाको नतिजा शुक्रबार रातिसम्म आइसकेको छ। गणना भएका वडाहरु १,२,३,४,६,७,८,९,१०,२४,२५,२६,२७,२८,२९,३०,३१,३२ हुन्।

वडा नं ३० मा एमालेले वडाअध्यक्षमा जित हासिल गरेको छ भने २,२८,२९  संघीय समाजवादी फोरम नेपालको पोल्टामा गएको छ। १ र ४ वडामा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।  ३,५,३२ मा राजपाले अध्यक्ष जितेको छ।

२८ हजार १९३ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ-
 
नेपाली काँग्रेस अजय द्विवेदी ५८२० शान्ति कार्की ६७२७
फोरम नेपाल विजय सरावगी ५४१८ पिङ्की यादव ५३६२
राजपा राजेशमान सिंह ४६०७ रम्भा मिश्र ३९०७
माओवादी रहबर अन्सारी ३०१३ दुर्गा क्षेत्री २०५१
एमाले बसरुद्धिन अन्सारी २६४२ सोफिया आचार्य ३२३७
लोकतान्त्रिक फोरम विमल श्रीवास्तव १८६७ रिङ्कु देवी १४२६



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell