PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जीतपुरसिमरामा मतगणना स्थगित



जीतपुरसिमरामा मतगणना स्थगित

वीरगञ्ज : जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ७ को मतगणना स्थगित गरिएको छ। एमालेका प्रतिनिधिले मतपरिणाम रुजु गर्ने क्रममा १० भोट कम आएकोभन्दै विवाद गर्न थालेपछि मतगणना स्थगित गरिएको हो।
 
मतगणना स्थलमा बसेका एमाले प्रतिनिधिले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि केही समयका लागि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रुजु गर्ने क्रममा १० भोटको अन्तर पाइएको भन्दै एमालेका प्रतिनिधिले पुनः मतगणनाको माग गरेका छन्।
 
पुनः मतगणनाको माग गर्दै एमालेका नेता कार्यकर्ताले मतगणना स्थल बाहिर नाराबाजी गरे। एमालेले अन्तिम समयमा आएर हार्ने स्थिति देखेपछि  विवाद सिर्जना गरेको कांग्रेसका एक स्थानीय नेताले आरोप लगाए।

यता, निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बसेर मात्र ठोस  लिर्णय लिइने बताएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell