PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वीरगंजको वडा नम्बर ३ मा राजपा विजयी



राधेश्याम पटेल

वीरगंजको वडा नम्बर ३ मा राजपा विजयी

वीरगंज : दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगंजको वडा नम्बर ३ को मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको वडा नम्बर ३ को अन्तिम मतपरिणाम विवरण अनुसार राष्ट्रिय जनता पार्टीका बैजुलाल स्वर्णकार ६ सय ६४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। आफ्नो निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका महमद सहबुद्दिनलाई १७४ को ठूलो मतान्तरले पराजित गर्दै उनी आफ्नो सम्पूर्ण प्यानल सहित विजयी भएका हुन्। सहबुद्दिनले ६ सय ९० मत प्राप्त गरे।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका अन्सवर हुसेन ले ३ सय ९०, नेकपा एमालेका निरन्जन मिश्राले २ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका शुशिल कुमार कान्थले १ सय २८, संघीय समाजवादी फोरम नेपालका दिनेश प्रसाद सर्राफले ८६, नेकपा माओवादी केन्द्रका नैमुद्दीन अन्सारीले ४८ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र बाट उठेका विएक मान श्रेष्ठले १, बृजेश कुमार मल्लिकले र र अलि अस्गर अन्सारीले ० मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell