PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शिव परियारको नयाँ गीति भिडियोमा परदेश पिडाको कथा



पहिलोपोस्ट

शिव परियारको नयाँ गीति भिडियोमा परदेश पिडाको कथा

काठमाडौं: गायक तथा संगीतकार शिव परियारको नयाँ गीती भिडियो सार्वजनिक भएको छ। 'वर्षौं भो छोडेको' बोलको गीत भिडियोसहित युट्युबमार्फत रिलिज गरिएको हो।

गीतमा कवि तथा गीतकार श्वेता मैनालीका शब्दमा रहेको छ। त्यस्तै संगीत भने गायक परियार स्वयंमले दिएका हुन्। मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक गीत 'नभेटी नभेटी'को भाग दुईको रुपमा यो गीत सार्वजनिक गरेको बताइएको छ।

ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा नेपाली रंगमञ्चका सुलक्षण भारती तथा केनिपा सिंहको अभिनय रहेको छ। गीतको भिडियोलाई बिनय कंसाकारको सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell