PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पहिलो ‘अनलाइन गायन प्रतियोगिताको’को विजेता बने सुमन श्रेष्ठ



पहिलोपोस्ट

पहिलो ‘अनलाइन गायन प्रतियोगिताको’को विजेता बने सुमन श्रेष्ठ

काठमाडौं: पहिलो ‘अनलाइन गायन प्रतियोगिताको’को विजेता सुमन श्रेष्ठ बनेका छन्। गायक पदम राईको ‘फुल टिपे काँडा वनको’ बोलको कभर गीतको अनलाइन प्रतियोगिता घोषणा गरिएको थियो। दिइएको गीतलाई अडियो अथवा भिडियोमा कभर गरेर आयोजकलाई पठाउन आह्वान गरिएको थियो।

सोही गीतको विजेताहरुलाई प्रमाणपत्रसँगै नगद पुरस्कार हस्तान्तरण भएको हो। रुबुशा क्रियटिभ वर्कको आयोजनामा भएको प्रतियोगिताको उपाधी विजेता सुमन नगद पुरस्कार ५० हजार प्राप्त गरे। गायक राजेश पायल राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फस्ट रनर्स अपको उपाधी अमृत लिम्बुले र सेकेन्ड रनर्स अपको उपाधी अमर तामाङले जिते। क्रमशः फस्ट रनर्स अपलाई ३० हजार, सेकेन्ड रनर्स अपलाई २० हजार र थर्ड रनर्स अपलाई १० हजार दिइएको थियो।

प्रतियोगिताको लागि गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राई निर्णायक रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell