PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जरीन खानले तौलका कारण राम्रो फिल्म नपाउनुको पिडा



पहिलोपोस्ट

 जरीन खानले तौलका कारण राम्रो फिल्म नपाउनुको पिडा

करियरको सुरुवात नै बलिउड स्टार सलमान खानसँग अभिनय गरेकी अभिनेत्री जरीन खानको अभिनय यात्रा सुखद रहन भने सकेन। किनकी उनले आजसम्म ए ग्रेड फिल्ममा काम गर्ने मौका पाइनन्। खानले आफ्नो शारीरिक तौल बढी हुनुको असर करियरमा परेको बताए। बीबीसी हिन्दीसँग उनले भनिन्,'बलिउडमा अभिनेत्री हुन शारीरिक मापदण्डलाई पनि केन्द्रमा राखिन्छ।'

सलमान खानसँगको ड्रिम डेब्युले फाइदा पुर्‍याउने आश भए पनि आफू निराश हुनु परेको बताइन्। भनिन्,'धेरै समस्याहरु पनि झेल्नु पर्‍याे। सफल अभिनेत्रीसँग रुप मिल्नुले केही फाइदा गरेन। किनकी मेरो तौल धेरै भयो।' कट्रिना कैफसँग मिल्दो रुप भनिए पनि वीर सार्वजनिक हुँदा जरीनको शारीरिक तौल गसिप बन्यो। जसका कारण निकै निराश छिन्। 'अन्य अभिनेत्रीले तौल बढाउँदा तारिफ सहित समाचार बन्छन् तर मेरो त गसिप बन्यो।' त्यस समय आफूलाई घरबाट निस्कन पनि आप्ठ्यारो परेको बताइन्। कसैले फोटो खिचे पुन: गसिपको नयाँ विषय बन्ने पिर उनमा थियो। आफू डिप्रेशनमा जानबाट जोगिएको समेत बताइन्। भनिन्,'ममाथि घरको जिम्मेवारी थियो।'

सलमान खानसँगको अर्को प्रोजेक्ट पाइन्। तर त्यो फिल्म नभएर गीत थियो। गीत 'क्यारेक्टर ढिला'मा उनको फिचरिङ रहेपछि चर्चाले नयाँ मोड लिएको विश्वास जरीनको छ। त्यसपछि उनले कामहरु त पाइन् तर ए ग्रेड फिल्म नपाउनुले उनको चित्त दुखाएको छ। 'हिट स्टोरी ३'मा अभिनय गरेपछि उनको भर्सट्यालिटी बारे धेरैले थाहा पाएको बताउँछिन्।

अब उनको नयाँ फिल्म 'अक्सर २' प्रदर्शनको तयारीमा छ। अनन्त महादेवनको फिल्मबाट उनले धेरै अपेक्षा गरेकी छिन्। ठूलो बजेटको फिल्ममा अभिनय गर्ने सपना साँचेकी खानको अक्सर २ आउँदो अक्टोबर ६ मा सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell