PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चुनावमा जितको खुसी साट्दै गर्दा ह्रदयाघात भएर राजपाकी महिला वडा सदस्यको मृत्यु



चुनावमा जितको खुसी साट्दै गर्दा ह्रदयाघात भएर राजपाकी महिला वडा सदस्यको मृत्यु

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित महिला सदस्य ६३ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ। 

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट महिला सदस्यमा उनी  २२५ भोट ल्याएर बुधबार निर्वाचित भएकी थिइन्।

जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए। उनका एक छोरा र दुई छोरी छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell