PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न विद्यार्थी संगठनको माग, नगरिए आन्दोलनमा उत्रने चेतावनी



पहिलोपोस्ट

शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न विद्यार्थी संगठनको माग, नगरिए आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँः संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन्। 

संगठनले आज पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको हो। 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नवौँ संशोधन ऐनले शैक्षिक गुणस्तर घटाउने भएकाले तत्काल फिर्ता लिन माग गर्दै नलिएमा संघर्षमा उत्रने चेतावनी दिए। 

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले ऐन संशोधनबाट योग्य उम्मेदवारलाई पाखा लगाउँदै अयोग्य शिक्षकलाई सीधै स्थायी बनाउने प्रयास गरिँदै छ भन्दै यसबाट लाखौँ बालबालिकाको शैक्षिक भविष्य अन्धकार हुने भएकाले मान्य नहुने स्पष्ट पारिन्। 

अनेरास्ववियु (छैटौँ)का अध्यक्ष विमल पोखरेल, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्रलगायतले धेरै अस्थायी शिक्षकलाई स्थायी बनाउने खालको ऐन संशोधन गरिएकाले तत्काल फिर्ता लिएर योग्य उम्मेदवारलाई बढी प्राथमिकता दिनुपर्ने माग गरे। 

शुक्रबार सरकारले स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने गरी ऐन संशोधन गरेको थियो। 

यसैबीच, विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन्। असोज ६ गते प्रधानमन्त्री र असोज ७ गते शीर्ष नेतालाई ज्ञापनपत्र बुझाइनेजस्ता कार्यक्रम छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell