PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्न अमेरिकालाई चीनको आग्रह



पहिलोपोस्ट

कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्न अमेरिकालाई चीनको आग्रह
फोटो श्रोतः dailypakistan.com

संयुक्त राष्ट्रसंघः चीनले कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएको छ। अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँगको भेटवार्तामा  चिनियाँ विदेशमन्त्री वाङ यिले कोरियाली प्रायद्वीपमा पछिल्लो समय जारी रहेको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ। 

उनीहरुबीच आपसी कुराकानी र वार्ताका माध्यमबाट कोरियाली क्षेत्रमा शान्ति स्थापनाकाबारेमा सहमति भएको बताइएको छ। 

भेटकाक्रममा अमेरिकी उपराष्ट्रपति पिन्सले आगामी दिनमा अमेरिका र चीनले आपसी हित र कोरियाली समस्या समाधानमा आवश्यक वार्ताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिएका थिए। 

 उनीहरुबीच केही समयपछि हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका विषयमा पनि कुराकानी भएको थियो। 

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीचको सम्बन्ध राम्रो रहेको छ। उनीहरुले दुई हप्तायतामात्र पनि दुई पटक टेलिफोन वार्ता गरेका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell