PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२३ स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक



पहिलोपोस्ट

२३ स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँः असोज २ गते निर्वाचन भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २३ वटा स्थानीय तहको मतगणना सकिएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपरान्ह साढे चार बजे प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ८ स्थानीय तहमा, नेकपा एमालेका ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ४ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ३ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका २ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन्। यसैगरी, अहिलेसम्म ५९५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

मतगणना बाँकी रहेका ११२ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्बदलीय सहमति गरी मतगणना सुरू गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्णरूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, राजपा नेपालका वडा अध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपलिका  वडा नम्वर १५ मा आज शान्तिपूर्णरुपमा मतदान भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell