PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मधेसमा संघीय समाजवादी र राजपाबीच टक्कर : गच्छदारको ‘नेलोफो’ निरीह



रमेश वाग्ले

मधेसमा संघीय समाजवादी र राजपाबीच टक्कर : गच्छदारको ‘नेलोफो’ निरीह

काठमाडौं : प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनमा क्षेत्रीय राजनीति गर्ने मधेश केन्द्रीत दुई दलबीच कडा टक्कर देखिएको छ। मधेश केन्द्रीत राजनीति गरिरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको हो। 

प्रदेश नम्बर-२ मा पहिलो स्थानमा अहिलेसम्मको परिणाम अनुसार नेपाली कांग्रेस स्थापित भइसकेक छ भने दोस्रो स्थानका लागि  मधेश केन्द्रीत दुई पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ। 

यो समाचार तयार पार्दासम्म मधेसकेन्द्रित राजनीति गरेको संघीय समाजवादी फोरम अगाडि देखिएको छ। समाजवादी फोरमले अहिलेसम्म तीन स्थानमा जित हासिल गरिससकेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ। 

त्यसैले उसले अहिलेकै ट्रेण्ड पच्छ्याएमा मधेश केन्द्रीत राजनीति गर्ने सबै दललाई उसले उछिन्ने अवस्था देखिएको छ। भने सबै पार्टीमा उसको प्रदेश नम्बर २मा दोस्रो हैसियत हुने छ।

यस्तै, राष्ट्रिय जनता पार्टीले तीन स्थानमा जित हासिल गरेको छ भने १८ स्थानमा अग्रता कायम गरेको छ। मतपरिणामा अहिलेकै ट्रेण्ड कायम भएमा उसले मधेशकेन्द्रित राजनीति गर्ने दलमा दोस्रो हैसियत पाउने अवस्था देखिएको छ। प्रदेश नम्बर दुईमा उसको हैसियत तेस्रो हुने अवस्था छ। 

अघिल्ला दुई चरणका स्थानीय तह निर्वाचनमा पहिलो हैसियत पाएको दल नेकपा एमालेको पनि अवस्था कमजोर देखिएको छ। अहिलेसम्मको मत परिणाम अनुसार उसले ४ स्थानमा जित हासिल गरेको छ भने १३ स्थानमा अग्रता कायम गरेको छ। यही ट्रेण्ड कायम भएमा प्रदेश नम्बर २ मा उसको चौथो हैसियत कायम हुने छ। 

नेपाल लोकतान्त्रिक फोरमले भने दुई स्थानमा जित हासिल गरेको छ भने एक स्थानमा मात्र अग्रता कायम गरेको छ। यस हिसावले उसलाई तेस्रो चरणको स्थानीय चुनावमा नेपाल लोकतान्त्रिक फोरम निरीह सावित हुने अवस्था देखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell