PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‘किंग्सम्यान’ नेपाल एक्सक्लुसिभ प्रदर्शन : दर्शकले रुचाए सिनेमा



स्वेच्छा राउत

‘किंग्सम्यान’ नेपाल एक्सक्लुसिभ प्रदर्शन : दर्शकले रुचाए सिनेमा

हलिउड सिनेमा किङ्सम्यान द गोल्डेन सर्कललाई नेपाली फ्यानमाझ प्रदर्शन गरिएको छ। एप्पल इन्टरटेनमेन्टले बुधबार बेलुका क्यूएफएक्स लबिम हलमा सिनेमा एक्सक्लुसिभ प्रदर्शन गरिएको हो। 

शुक्रबार यो स्पाइ, एक्सन र कमेडी जानराको सिनेमा अमेरिका, नेपाल र भारतसहित विश्वव्यापी रिलिज हुँदैछ। दर्जनौँ फ्यान, संचारकर्मी र अतिथिले किङ्सम्यान हेरे अनि उत्साहजनक प्रतिक्रिया दिए। 

एप्पल इन्टरटेनमेन्ट हलिउड वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र सोनीको नेपालस्थित आधिकारिक वितरक हो। 

एप्पलले किङ्सम्यानका डाइहार्ड फ्यान छनौट गर्दै उनीहरुमाझ सिनेमा प्रदर्शन गरेको थियो। रेडकार्पेटमा सिनेमाका पात्रहरुले लगाउने चस्मा, छाता, ह्याट, बटरफ्लाइ टाइमासमेत फ्यान ठाँटिए। गोलाप्रथामार्फत भाग्यशालीलाई टिसर्ट बाँडिएकाे थियो। 

‘हाम्रो उद्देश्य अमेरिकामा रिलिजसँगै नेपालमा पनि प्रदर्शन गर्नु हो’ एप्पल प्रमुख जेनिस पहारीले भनिन्, ‘पछिल्लो समय बदलिएको दर्शकीय स्वाद र बजार ट्रेन्डप्रति हामी सचेत छौँ। सोहीअनुसार योजना बनाइरहेका छौँ। 

एप्पलले यसअघि सुपरहिरो सिनेमा लोगन, एनिमेटेड ड्रामा बोब बेबी र स्पाइडरम्यान होम कमिङ रिलिज गरेको थियो। किंग्सम्यान मुख्यालय ध्वस्त भएपछि सिर्जित विश्वव्यापी खतरासामु जुध्न जासुस पात्रहरु मिलेर खोलेको नयाँ संस्था स्टेटमेन जोगाउन भएको संघर्ष किंग्सम्यान गोल्डेन सर्कलको मुख्य कथावस्तु हो । 

कलिन फर्थ, जुलियाना मुरे, टारोन एगर्टन, मार्क स्ट्रंग, हेल बेरी लगायतको मुख्य भूमिका छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell