PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतका अर्का बाबाविरुद्ध पनि बलात्कारको आरोप



भारतका अर्का बाबाविरुद्ध पनि बलात्कारको आरोप

भारतका स्वयंभू गुरू जगदगुरु रामानुजाचार्य स्वामी कौशलेंद्र प्रपन्नाचारी फलाहारी महाराजविरुद्ध बलात्कार गर्ने कोशिश गरेको आरोप दर्ता भएको छ। छत्तीसगढ़ राज्यको विलासपुर जिल्ला निवासी एक युवतीले फलाहारी बाबाविरुद्ध उजुरी दर्ता गराएकी हुन्।

पीड़ितको परिवार बाबाका शिष्य भएको र युवती जयपुरमा बसेर कानुनको अध्ययन गरिरहेकी थिइन्। बाबाकै सिफारिशमा उनले सर्वोच्च अदालतका एक वकिलसँग इन्टर्नसिप गरेकी थिइन्। इन्टर्नसिप सकिएपछि बाबाको आशीर्वाद लिन धाममा जाँदा राति गुप्त दिव्य मन्त्र दिने र हाइकोर्टकी जज बनाइदिने प्रलोभन दिँदै बलात्कारको प्रयास गरेको आरोप युवतीले लगाएकी छिन्। 

बाबाबाट बचेर भागे पनि चुप बसेकी युवतीले अर्का बाबा रामरहिम जेल गइसकेपछि हिम्मतका साथ उजुरी दर्ता गरेको बताएकी छिन्। यो खबर पाउने बित्तिकै फलाहारी बाबा बिरामी भएको भन्दै अस्पतालमा भर्ना भएका छन्। पुलिसले अस्पतालमा सुरक्षा कडा पारेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell