PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंज महानगरमा पुनः कांग्रेसको अग्रता, राजपा पछ्याउँदै



राधेश्याम पटेल

वीरगंज महानगरमा पुनः कांग्रेसको अग्रता, राजपा पछ्याउँदै

वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगंजको जारी मतगणनामा कांग्रेस र राजपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सुरुवातदेखि अग्रता लिएको राजपालाई बिहीबार दिउँसो ११ हजार ७ सय मतगणना भइसक्दा कांग्रेसले पछि पारेको छ। 

बिहीबार बिहान ९ः३० बजेसम्म मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह कांग्रेस उम्मेदवार अजय द्विवेदीभन्दा ७ मतले मात्र अघि थिए। अहिले भने अजय द्विदेवीले राजेशमान सिंहलाई पछि पारेका छन्। 

अजयको मत २ हजार ६०४ रहेको छ भने राजेशमानको मत २ हजार ५५८ रहेको छ। 

यस्तै, संघीय समाजवादी फोरमका विजय सरावगी १ हजार ७५० मत साथ तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी १ हजार ४२८ मतसहित चौथो र एमालेका बसरुद्दिन अन्सारी १ हजार २४९ मतसहित पाँचौ स्थानमा छन्। 

हालसम्म वडा नम्बर १, २, ३, ४, ६, २८, २९, ३०, ३१ र ३२ गरी १० वटा वडामा मतगणना भएकोमा ३० को मात्रै परिणाम सार्वजनिक भएको छ। ३० वडामा एमाले प्यानलसहित विजयी भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell