PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारको निर्णयविरुद्ध चिकित्सक आन्दोलित, माइतीघरमण्डलामा प्रदर्शन



पहिलोपोस्ट

सरकारको निर्णयविरुद्ध चिकित्सक आन्दोलित, माइतीघरमण्डलामा प्रदर्शन
फाइल फोटो

काठमाडौँः उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन्। 

सम्बद्ध पेशागत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सरकारको निर्देशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्। 

नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन दिएको थियो। 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई कार्यान्वयनमा ल्याउन चिकित्सकले सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell