PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जित्दै माओवादीले पर्सामा खाता खोल्यो



राधेश्याम पटेल

ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जित्दै माओवादीले पर्सामा खाता खोल्यो

वीरगंज : स्थानीय तह तेस्रो चरणको निर्वाचनमा ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जित्दै माओवादी केन्द्रले खाता खोलेको छ। ठोरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पीएल श्रेष्ठ र उपप्रमुखमा शान्ति थिङले जितेका छन्। श्रेष्ठले एमालेका लालबहादुर श्रेष्ठलाई ४३४ मतले पराजित गरेका हुन्। उपप्रमुखमा थिङले एमालेकी गोकुली कुमारी रेग्मीलाई १६७ मतले पराजित गरेकी हुन्।

माओवादी केन्द्रका पीएल श्रेष्ठले २८०३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लालबहादुर श्रेष्ठले २३६९ मत ल्याएका छन्। कांग्रेसका जरीलाल थिङ लामाले १८९२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा माओवादी केन्द्रकी थिङले २४८५ मत ल्याएकी छिन् भने रेग्मी २३१८ मत ल्याएकी छिन्। कांग्रेसकी गीता विष्टले १९५६ मत ल्याएकी छिन्।

५ वडा रहेको ठोरी गाउँपालिकामा माओवादी केन्द्रले ३ वडाको अध्यक्ष जितेको छ भने कांग्रेस र एमालेले १/१ वडा जितेको छ। माओवादीले वडा १, ३ र ४, कांग्रेसले २ र एमालेले वडा ५ जितेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell