PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मोरङको कानेपोखरी हरकपुरमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु



पहिलोपोस्ट

मोरङको कानेपोखरी हरकपुरमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ। स्थानीय चन्द्रबहादुर राईको काठको किराना पसल भएको दुई तले घरमा बिहीबार बिहान आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। 

मृत्यु हुनेमा चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राई छन्। 
विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तीन वटा दमकलको सहायताले बिहान ७ बजे आगो नियन्त्रणमा लिइएको कार्कीले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell