PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

काठमाडौँः काठमाडौंको तीनकुनेनजिक गएराति भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

कोटेश्वरबाट गौशाला गइरहेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङ र काभ्रेका २८ वर्षीय विशाल लामा छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र लामाको उपचारका क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell