PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतद्धारा अष्ट्रेलिया २६ रनले पराजित, शृंखलामा एक–शून्यको अग्रता



पहिलोपोस्ट

भारतद्धारा अष्ट्रेलिया २६ रनले पराजित, शृंखलामा एक–शून्यको अग्रता

काठमाडौँ: हार्दिक पाण्ड्याको उत्कृष्ट प्रदर्शनीले भारतले पाहुना टोली अष्ट्रेलियामाथि २६ रनको जित दर्ता गरेको छ। जितसँगै भारतले पाँच एक दिवसीय श्रृखलामा एक शून्यको अग्रता कायम गरेको छ। 

वर्षाले पटक–पटक अवरुद्ध भएको खेलमा डकवर्थ लुइस नियम अनुसार अष्ट्रेलियाले २१ ओभरमा १६४ रनको लक्ष्य पाएको थियो। तर, अष्ट्रेलियाले १३७ रनमात्र जोड्न सक्यो। अष्ट्रेलियाका लागि तीन व्याट्सम्यान बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। 

अष्ट्रेलियाको इनिङमा ग्लेन म्याक्सवेलले सर्वाधिक ३९ रन जोडे। ओपनर डेविड वार्नरले २९ रन बनाए।  

भारतका युजवेन्द्र चाहलले तीन विकेट लिए। यस्तै, कुलदीप यादव र हार्दिक पाण्ड्याले दुई/दुई विकेट हात पारे। 

यसअघि चेन्नाईमा पहिले व्याटिङ गरेको भारतले खराब सुरुवात गरेको थियो। प्रारम्भिक व्याट्सम्यान सस्तोमै गुमाएको भारतलाई हार्दिक पाण्ड्या र महेन्द्रसिंह धोनीले सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। 

पाण्ड्यको ८३ र धोनीको ७९ रनको मदतले भारतले २८१ रन जोडेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell