PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मनाङमा स्याउ टिप्न शुरु, उत्पादन दश प्रतिशतले बढेको अनुमान



पहिलोपोस्ट

मनाङमा स्याउ टिप्न शुरु, उत्पादन दश प्रतिशतले बढेको अनुमान

पोखरा : मनाङका किसानले स्याउ टिप्न थालेका छन्। यसवर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। 

अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार जानकारी दिए। 

गतवर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउ बिक्रीबाट किसानले झण्डै एक करोड ८० लाख रुपैयाँ कमाइ गरेका थिए। 

यसवर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको कूल २०५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिए पनि किसानले ८७ हेक्टर जमिनमा स्याउ खेती गरेका छन्। 

जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ। उत्पादित अधिकांश स्याउ आन्तरिक रुपमा नै खपत हुने गर्दछ। 

बाँकी भएको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्दछन् भने केहीले लमजुङको बेसीशहर र काठमाडौंमा लगेर बिक्री गर्ने गर्दै आएका छन्। 

जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ। जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन थालिएको छ। यसअघि बैतडी र जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell