PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतीय गाडीलाई ओभरलोड छुट दिंदा दुर्घटना बढेको रुपन्देहीका व्यवसायीको भनाइ, नियन्त्रण गर्न माग



पहिलोपोस्ट

भारतीय गाडीलाई ओभरलोड छुट दिंदा दुर्घटना बढेको रुपन्देहीका व्यवसायीको भनाइ, नियन्त्रण गर्न माग

  • चन्द्रकान्त खनाल
रुपन्देहीः  रुपन्देहीको बेलहिया नाकाबाट प्रवेश गर्ने भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन्। 

पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउंदै ओभरलोड नियन्त्रण सम्वन्धी कानुन र बिगतका निर्णयहरु कार्यान्वयन गराउन आग्रह गरेका हुन्।

नेपाल भित्र ढुवानी गर्ने नेपाली नम्बर प्लेटका सवारीसाधनको ओभरलोडमा कडाई गरेको प्रशासनले भारतीय गाडीमा ओभरलोड छुट दिएको छ। 

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले भारतीय गाडीलाई ओभरलोड छुट दिंदा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएको भन्दै ओभरलोडको दोहोर मापदण्ड हटाउँदै नियन्त्रण गर्न आग्रह गरे।

भार मिलान सम्वन्धी कार्यविधि २०७१ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पोल्ट्री गराउने व्यवस्था छ। 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मैनालीले कानुनको परिधिमा रही सबैको सरसल्लाहमा निर्णय लिने बताए। 

यसअघि औद्योगिक कच्चा पदार्थ बाहेकका सामान ओभरलोड भएमा पोल्ट्री गराउने र औद्योगिक कच्चा पदार्थ बाहेकका गाडीलाई ट्राफिक प्रहरीले जरिवाना लिंदै आएको थियो।

रुपन्देहीमा नयाँ प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले ओभरलोडलाई कडाई गरेको दुईदिन नबित्दै जिल्लाको अनुगमनमा आएका पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिङ्गमार लामाले ओभरलोड छाड्न निर्देशन दिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell